दफा ९ख
उडानमा रहेको वा सेवामा सन्चालित वायुयान

(क) सबै चढिसकेर सबै बाहिरी ढोकाहरू बन्द गरेको समयदेखि ओर्लनको निमित्त त्यस्तो कुनै ढोका खोल्ने समयसम्म कुनै वायुयान उडानमा रहेको मानिनेछ ।
तर संकटकालीन अवतरणका हकमा अधिकार प्राप्त अधिकारीले वायुयान र त्यसमा रहेको यात्रु र मालसामानको उत्तरदायित्व नलिएसम्म सो वायुयान उडानको अवस्थामा नै रहेको मानिनेछ ।
(ख) कुनै खास उडानको लागि भुमिस्थ कर्मचारी (ग्राउण्ड) परशोनेल वा चालक दलद्वारा वायुयानको उडान पूर्वको तैयारी प्रारम्भ गरेदेखि अवतरण गरेको चौबीस घण्टासम्म कुनै वायुयान सेवामा सन्चालित रहेको मानिनेछ । त्यस्तो सेवामा सन्चालित अवधि जुनसुकै अवस्थामा पनि खण्ड (क) बमोजिमको उडान अवधिभर पनि कायम रहेको मानिनेछ ।